अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कोशी पर्यटन वर्ष–२०८२

पर्यटनबाट समृद्धि सम्भव छः मुख्यमन्त्री कार्की

पर्यटनबाट समृद्धि सम्भव छः मुख्यमन्त्री कार्की


विराटनगर-कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटनबाट समृद्धि सम्भव रहेको बताउनु भएको छ। गुराँसको राजधानी तेह्रथुमको तीनजुरे मिल्केमा कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ को उद्घाटन कार्यक्रममा सो कुरा बताउनु भएको हो।

उपप्रधानमन्त्री प्रकाशमान सिंहले पर्यटन वर्ष उद्घाटन गर्नुभएको हो।

मुख्यमन्त्री कार्कीले पर्यटनलाई रोजगारीसँग जोडेर अगाडि लैजानुपर्नेमा जोड दिनुभयो। उहाँले प्रदेशबाट सन्देश प्रवाह गरेर आधार वर्ष तयार गर्न यो पर्यटन वर्ष घोषणा गरिएको बताउनुभयो।

कोशी प्रदेशका सबै क्षेत्रहरू पर्यटनको हिसाबले महत्वपूर्ण भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले महत्वपूर्ण क्षेत्रहरूलाई विकास गरेर पर्यटन मार्फत राष्ट्रिय पुँजी निर्माण गरिने बताउनु बताउनुभयो। स्थानीय तहको सहकार्यमा कोशी पर्यटनको विकास गर्दै यो प्रदेश नमुना प्रदेशको रुपमा लैजाने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गर्नुभयो।

सुरक्षा निकाय, जनप्रतिनिधि र सरकारी क्षेत्रको व्यवहार सुधार गरेरअघि बढ्दै पर्यटनलाई प्रवर्धन गर्ने चाहना रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले सबै जातजाति,धर्म संस्कृतिको जगर्ना र त्यसको संरक्षणमा अघि बढ्ने स्पष्ट पार्नुभयो।

पर्यटनको माध्यमबाट नेपालको वैदेशिक ऋण र व्यापारघाटा काम गर्न सकिने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले ऊर्जा, जलविद्युत पर्यटन, जडीवुटीका क्षेत्रमा काम गर्ने बताउनुभयो।

कोशी प्रदेशलाई बन्द हडतालबाट मुक्त गर्दै यहाँ भएको समस्या वार्ताको माध्यमबाट समाधान गर्न पनि मुख्यमन्त्री कार्कीले आग्रह गर्नुभयो। यी समस्याहरु समाधान गरेमा पर्यटन प्रवर्धन हुनुका साथै विकास र समृद्धिमा नयाँ मोडमा जान सक्ने उहाँले स्पष्ट पार्नुभयो।