अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालत लगियो

दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालत लगियो


काठमाडौं-तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयबाट प्रसाईंलाई केहीबेर अघि मात्रै अदालत लगिएको छ।

प्रहरीले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको छ। प्रसाईंसँगै पक्राउ परेका बडिगार्ड दीपक खड्कालाई पनि १२ दिन हिरासतमा राख्न प्रहरीले माग गरेको छ।

यसअघि गत २६ चैतमा सोही प्रदर्शनमा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको थियो ।