रौतहट-पर्सा प्रशासनले वीरगन्जमा लगाइएको कर्फ्यू अवधि थप गरेको छ। स्थानीय प्रशासनले एक सूचना जारी गरी आइतवार राती १२ बजे सम्मका लागि कर्फ्यू अवधि थप गरेको उल्लेख गरेको हो। जिल्ला प्रशासन कार्यालयमा आइतवार भएको सर्वपक्षिय बैठकले परिस्थितीको मूल्यांकन गर्दै जारी कर्फ्यू मध्यरातसम्म कायम राख्न्ने निर्णय गरे अनुसार अवधि थप गरेको प्रशासकीय अधिकृत दीपक पटेलले जानकारी दिनुभयो।
विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, जनप्रतिनिधी र सुरक्षा निकायका प्रतिनिधीको सहभागीता रहेको बैठकले कर्फ्यू नहटाउने निर्णय गरेको उहाँको भनाइ छ ।
पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कफ्र्यू आदेश थप भएको पर्सा प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि रात्रिबजार बन्द रहने जनाएको हो ।
कफ्र्यूका कारण बजारमा लगाइएका अस्थायी स्टलहरू हटाइएको छ भने व्यापारीहरूले आफ्नो सामानहरू फिर्ता लैजान थालेका छन्। हनुमान जन्मोत्सवमा शनिवार निकालिएको शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि दुबै पक्षबीच झडप भएको थियो।
प्रतिक्रिया