अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुनको मूल्य तोलामा १ लाख ९० हजार नाघ्यो

सुनको मूल्य तोलामा १ लाख ९० हजार नाघ्यो


काठमाडौँ-नेपाली बजारमा सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको छ। निरन्तर वृद्धि हुँदै रेकर्ड बन्दै आएको सुनको मूल्य बिहीबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ।  

अघिल्लो दिनको तुलनामा सुनको मूल्य एकैपटक ३६०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको थियो ।

महासंघका अनुसार अब १० ग्राम छापावाल सुनको मूल्य नै १ लाख ६३ हजार ४१० रुपैयाँ पर्ने भएको छ। 

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन १९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १९६० रुपैयाँ पुगेको हो।