अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

युएईका परराष्ट्र मन्त्री नेपाल भ्रमणमा आउनुहुँदै 

युएईका परराष्ट्र मन्त्री नेपाल भ्रमणमा आउनुहुँदै 


काठमाडौं-संयुक्त अरब इमिरेट्स (युएई)का परराष्ट्रमन्त्री आउँदो साता नेपाल भ्रमणमा आउदै हुनुहुन्छ। उपप्रधानमन्त्री समेत रहेका परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाहयानले दुई दिने भ्रमणका निम्ति नेपाल आउन लाग्नु भएको हो।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा युएईका उपप्रधान तथा परराष्ट्रमन्त्री अल नाहयानले ९–१० वैशाख (२२–२३ अप्रिल) मा नेपालको दुई दिने भ्रमण गर्न लागेको स्रोतले जनाएको छ। उपप्रधान तथा परराष्ट्रमन्त्री अल नाहयानको नेपाल भ्रमणका क्रममा उनका नेपाली समकक्षी डा. आरजु राणा देउवासँग भने भेटवार्ता भने हुने छैन।

अल नाहयान नेपाल भ्रमणमा हुँदा परराष्ट्रमन्त्री डा. राणा थाइल्याण्ड भ्रमणमा हुनु हुने छ। युएईको राजपरिवारका शक्तिशाली सदस्य शेख अब्दुल्लाह सन् २००६ देखि त्यहाँ परराष्ट्रमन्त्रीको जिम्मेवारीमा छन् । उहाँले नौं वर्षअघि तत्कालीन परराष्ट्रमन्त्री कमल थापाको निमन्त्रणामा २०७३ वैशाखमा नेपाल भ्रमण गर्नुभएको थियो।