अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

६ जना डिआइजी एआइजीमा बढुवा सिफारिस

६ जना डिआइजी एआइजीमा बढुवा सिफारिस


काठमाडौँ-नेपाल प्रहरीमा ६ जना प्रहरी नायव महानिरीक्षक(डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवा सिफारिस गरिएको छ। गृह मन्त्रालयले बिहीबार रिक्त पदमा बढुवा सिफारिस गरेको हो।

बढुवा सिफारिस हुनेमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसी छन्।

खापुङ केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट, आचार्यलाई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा, पोखरेल बागमती प्रदेश कार्यालय हेटौंडा, कार्कीलाई लुम्बिनी प्रदेश कार्यालय तुलसीपुर, अधिकारी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महारागञ्जमा कार्यरत छन्।