अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट


काठमाडौँ-सुनको मूल्यमा सामान्य गिरावट आएको छ। बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला रू.एक लाख ९० हजार छ सयमा कारोबार भएको सुन आज तोलामा रू.आठ सय घटेको छ।

आज सुन प्रतितोला रू.एक लाख ८९ हजार छ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै, चाँदी रू.एक हजार नौ सय ६० मा किनबेच हुनेछ । यो मूल्य आज पनि स्थिर रह्यो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।