अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताप्लेजुङ दुर्घटनाका घाइतेलाई थप उपचारकाे लागि काठमाडौं लैजाने तयारी हुँदैछ: मुख्यमन्त्री कार्की

ताप्लेजुङ दुर्घटनाका घाइतेलाई थप उपचारकाे लागि काठमाडौं लैजाने तयारी हुँदैछ: मुख्यमन्त्री कार्की


विराटनगर-कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रसिद्ध धार्मिक तीर्थस्थल ताप्लेजुङको पाथीभरा दर्शनका लागि तीर्थयात्री बोकेर जाँदै गरेको जिपमा करेन्ट लागेर आज बिहान आगोलागी भई चार जनाको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।

मुख्यमन्त्री कार्कीले निधन हुनुभएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ। साथै घाइतेहरूको घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि मुख्यमन्त्री कार्कीले गर्नुभएको छ।

तीर्थस्थल पाथिभरा मन्दिर जाने क्रममा बिजुलीको तार झरेर गाडीमा आगोलागी हुँदा चार जनाको निधन भएको थियो।

मुख्यमन्त्री कार्कीले घटनामा घाइते भएकाहरूको थप उपचारको लागि काठमाडौँ लैजाने प्रयत्न भइरहेको जानकारी समेत दिनुभएको छ। उहाँले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिनुभएको छ।