अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुनको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौ-नेपाली बजारमा आज सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको हो। यो मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ।

यसअघि हिजो आइतबार सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो। आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको हो।

यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि स्थिर रहेको हो।