अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मुख्यमन्त्री कार्कीद्वारा प्रमुख सचिव शर्माको बिदाइ

मुख्यमन्त्री कार्कीद्वारा प्रमुख सचिव शर्माको बिदाइ


विराटनगर-कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मालाई आज मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बिदाइ गर्नुभएको छ। आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक कार्यक्रममा बीच शर्मालाई बिदाइ गरिएको हो।

२०८० माघमा कोशी प्रदेशमा निमित्त सचिवको जिम्मेवारी सम्हाल्न आउनुभएका कोशी प्रदेशको प्रमुख सचिव शर्माको सरुवा भएको हो । १ वर्ष ३ महिना कोशी प्रदेश सरकारको प्रमुख सचिवका रुपमा कार्य गर्नुभएका शर्माको विदाइका लागि मुख्यमन्त्री कार्यालयमा फेरी भेटौँला कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रदेश सरकारको प्रमुख सचिवका रुपमा उहाँको कार्यकाल निर्विवादित रहेको र स्वच्छ छविको प्रशासकका रुपमा कोशी प्रदेशमा सेवा गरेको भन्दै मुख्यमन्त्री कार्कीले प्रसंसा गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख सचिव शर्माले अनुभव र कार्यका दृष्टिले कोशी प्रदेशको बसाई सुखद भएको प्रतिकृया दिनुभयो । मुख्यमन्त्री तथा प्रदेश सरकारका मन्त्रीहरु, कर्माचारीबाट पूर्ण सहयोग पाएको प्रमुख सचिव शर्माले बताउनुभयो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा शर्माको सरुवा भएको हो ।