अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अन्तर्राष्ट्रिय श्रमिक दिवस

श्रम र श्रमिकलाई सम्मान गरौं: प्रधानमन्त्री ओली

श्रम र श्रमिकलाई सम्मान गरौं: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा आलीले श्रम र श्रमिकलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले श्रमिकको पसिनाले देश अघि बढेको बताउनुभएको छ। ‘देश अघि बढेको छ श्रमिकको पसिनाले, समाज बाँचेको छ उनीहरूको समर्पणले’, सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले लेख्नुभएको छ।

श्रमिकको लागि सामाजिक सुरक्षाको कार्यक्रम सुरु गर्दा आफूले आलोचना सहनु परेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आज २० लाख भन्दा बढी श्रमिकले सो योजनाबाट भरोसा पाएका उल्लेख गर्नुभएको छ। ‘श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि जब योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु गर्‍यौँ, व्यङ्ग्य र ट्रोलहरू सहनुपर्यो, तर आज ती नकारात्मक आवाजहरूभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिकले यस योजनाबाट भरोसा पाएका छन्, अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ’, ओलीले लेख्नु भएको छ ।

यो कार्यक्रमले श्रमिकको सुरक्षामा योगदान पुगेको उहाँको धारणा छ । ‘छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन-श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदै छौँ, श्रमलाई सम्मान गरौँ श्रमिकलाई सम्मान गरौँ, जय श्रमिक, जय देश’, उहाँले लेख्नु भएको छ ।