अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

विकासलाई उत्पादनसँग जोडौं: भौतिक मन्त्री दाहाल

विकासलाई उत्पादनसँग जोडौं: भौतिक मन्त्री दाहाल


झापा-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विकासलाई उत्पादनसँग जोड्न जरुरी रहेको बताउनुभएको छ। झापाको मेचीनगर क्षेत्रमा सडकहरुको बिहीबार निरीक्षणका क्रमका मन्त्री दाहालले विकास निर्माणमा गरिएको प्रत्येक लगानीले उत्पादन र उत्पादकत्वलाई वृद्धी गर्न सक्नु पर्ने बताउनु भएको हो।

‘राज्यले वर्षेनी विकासका लागि अर्वौको लगानी गर्ने गरेको छ’ मन्त्री दाहालले भन्नुभयो, ‘तर त्यो गरिएको लगानी अनुसारको प्रतिफल प्राप्त भइरहेको छ कि छैन भनेर विश्लेषण गर्न पनि जरुरी छ।’ सडक सञ्जालको पहुँचले यातायातको सुविधा मात्र पुग्ने नभइ ग्रामिण उपजहरु सहजै बजार सम्म पुग्ने र स्थानीयबासिन्दाको जीवन स्तरमा पनि सुधार हुने उहाँले विश्वास व्यक्त गर्नुभयो।

सरकारले ग्रामिण अर्थतन्त्रलाई बलियो बनाउने, अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने, उत्पादनलाई बजार सम्म ल्याउन सघाउ पु¥याउने तथा ठूलो जनसंख्यालाई लाभ हुने योजनाहरुलाई प्राथमिकता दिने समेत बताउनुभयो।

लामो समय सम्म अलपत्र भएका तथा रुग्ण भएकाले हुन लागेका योजनाहरुको पहिचान गरि समस्या समाधान तर्फ जोड दिँदै आएको उल्लेख गर्दै मन्त्री दाहालले धेरै आयोजनाहरु थप्नु भन्दा थालिएका र अलपत्र भएका योजनाहरु पूरा गर्न जरुरी भएको पनि बताउनुभयो।

त्यस क्रममा मंत्री दहालले सुके निन्दा खोलामा निर्माण अवरुद्ध भएको पुलकों निर्माण प्रक्रिया अघी बढ़ाउन सड़क डीभीजन कार्यालय दमकका प्रमुख श्याम कुमार यादवलाई निर्देशन दिनुभयो । मन्त्रीको अनुगमनका क्रम मा मेचीनगर नगरपालिका प्रमुख गोपाल बुढ़ाथोकी, उपप्रमुख मीना उप्रेती लगायत जन प्रतिनिधिहरुले राधा स्वामी- सांगली टार सड़क निर्माणका लागी माग गर्नु भयो । मंत्री दहालले सो सड़क का लागी आवश्यक श्रोत व्यवस्था गर्ने प्रतिबद्धता समेत जानाउनु भयो ।