अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओलीको टिप्पणी: राजावादी कति असहिष्णु

प्रधानमन्त्री ओलीको टिप्पणी: राजावादी कति असहिष्णु


विराटनगर-प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारले आफूलाई लागेको कुरा व्यक्त गर्दा गाली गरिएको भन्दै आलोचना गर्नुभएको छ।

बिहीबार विराटनगरमा कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजावादीहरुले असहिष्णुता प्रकट गरेको टिप्पणी गर्नुभएको हो।

 ‘राजावादीहरुको असहिष्णुता कस्तो छ भन्ने देख्नका लागि एक कलाकारले कुनै राजनीतिको एक शब्द सर्मथनमा बोले, ’प्रधानमन्त्री ओली भन्नुभयो, ‘त्यो कलाकारलाई खेदेर खप्नुखानु भएन । उ त पोलिटिकल मान्छे त होइन। उसले आफूलाई लागेको कुरा पाक्व बोलिदियो। यसलाई खेदेर उधुम।’

त्यस्तै कलाकार सुरक्षा पन्तमाथि भएको आलोचनाबारे पनि चर्चा गर्दै प्रधानमन्त्री ओलीले राम्रो कुरा गर्दा पनि अनावश्यक आलोचना भएको बताउनु भयो। ‘एउटा बच्चका बारेमा उनीसँग सोधियो- कस्तो लाग्छ त्यो बच्चा?,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कसैको छोराछोरीको बारेमा सोध्नुपर्ने, देशभरी यत्रा छोराछोरी। कसैका नातीनातिनाकाबारेमा सोध्नुपर्ने केही जरुरी थियो ? तर, सोधिहाले। गुडलुकिङ हुनुहुन्छ, कला क्षेत्रमा आउनुभयो भने मार्केट जम्छ जस्तो छ भनेको छ। कति राम्रो कुरा गरेको छ हेर्नुहोस् त। त्यो पनि भन्न नपाइने। के भनिदिनुपर्ने ?’

राजा हुने अहिले व्यवस्था नै नभएको भन्दा पनि आलोचना भएको भन्दै  प्रधानमन्त्री ओलीले पुरानै पञ्चायती दिन सम्झेर राजावादीहरुले कलाकारको आलोचा गरेको टिप्पणी गर्नुभयो। ‘अनि सोध्छ-राजा बन्ने पनि कुरा छ नि ? त्यस्तो त हाम्रोमा व्यवस्था नै छैन। त्यति भन्या छ,’ प्रधानमन्त्री ओली भन्नुभयो, ‘त्यो व्यवस्था नै छैन, कसरी होला र? यति भन्दा त्यसको फिलिम नहेर। त्यसले खेलेको नहेर? त्यसले गाएको गीत मिठो भए पनि नसुन। उसको नृत्य राम्रो भए पनि नहेर। उसको कला राम्रो भए पनि नहेर। कति साह्रो असहिष्णु ? उही पुराना पञ्चायती दिन सम्झिएको छ क्या।’