काठमाडौँ-आज बिहान बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बिहान १० बजे बस्ने गरी बोलाएको मन्त्रिपरिषद् बैठक स्थगित भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
मन्त्रिपरिषद् बैठकसँगै राज्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम पनि स्थगित भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजालाई आजै सपथ ग्रहण गराउने कार्यक्रम राखेका थिए।








प्रतिक्रिया