अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बेइमानीको खेती र इमानको हत्या गर्न प्रविधिको दुरुपयोग नहोस्ः प्रधानमन्त्री ओली

बेइमानीको खेती र इमानको हत्या गर्न प्रविधिको दुरुपयोग नहोस्ः प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सत्यको हत्या र असत्यको प्रवद्र्धनका लागि प्रविधिको प्रयोग गर्न नहुनेमा जोड दिनुभएको छ।

शुक्रवार काठमाडौंमा आयोजित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सूचना प्रविधिको सही प्रयोगमा सजग रहनुपर्ने बताउनु भएको हो।

प्रधानमन्त्री ओलीले सूचना प्रविधिको क्षेत्रमा विशेष विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै सेवा प्रवाहलाई छिटो, छरितो र सुविधायुक्त बनाउन प्रविधिको भूमिका महत्वपूर्ण हुने बताउनु भयो। उहाँले पछिल्लो समय बेइमानीको खेती गर्न र इमानको हत्या गर्न प्रविधिको दुरुपयोग भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो।

प्रधानमन्त्री ओलीले प्रविधिको विकाससँगै उत्पन्न हुने समस्याहरूको समाधान गर्दै मानव समाजलाई सुखी बनाउने दिशामा अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो। 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘बेइमानीको खेती गर्न र इमानको हत्या गर्न टेक्नोलोजीको दुरुपयोग नहोस् भन्ने कुरामा हामी सजक हुनुपर्दछ। सत्यको गला रेट्न र असत्यको जरामा पानी हाल्नको लागि एआईको प्रयोग नहोस्। यसमा हामीले ध्यान दिनुपर्दछ। टेक्नोलोजीको विकाससँगै आएका समस्याहरुको हामीले समाधान पनि गर्दै जानुपर्छ। मानव समाजलाई सुखि बनाउन टेक्नोलोजी चाहिन्छ। आईसिटीको क्षेत्रमा हामीले विषेश विकास गर्नुछ। ताकि सेवालाई छिटो, छरितो, सुविधायुक्त, सहज आपुर्तिको परिपाटिको लागि आवश्यक छ। त्यसकारण आज सूचना प्रविधिको लागि विशेष दिन हो। हामी एउटा आत्मविश्वास र उत्साह लिएर अगाडि बढौं।’