अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले धनुषाको अधिवेशन भोलिसम्मका लागि स्थगित

एमाले धनुषाको अधिवेशन भोलिसम्मका लागि स्थगित


जनकपुरधाम-नेकपा एमालेको धनुषाको ८औं जिल्ला अधिवेशन स्थगित भएको छ। धिवेशन भोलिसम्मका लागि स्थगित भएको  निर्वाचन समितिले सूचना सुनाएको छ।

अधिवेशनमा अध्यक्ष पदका लागि भोला यादव र लक्ष्मीनारायण यादवको उम्मेदवारी परेको छ। भोला यादव रघवीर महासेठ पक्षका छन् भने लक्ष्मीनारायण यादव केन्द्रीय सदस्य उमाशंकरहरिया मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पक्षका हुन्।

वातावरण अशान्त बनेपछि निर्वाचन समितिले भोलिसम्मका लागि अधिवेशन स्थगित गरेको हो ।

वैशाख २० गतेदेखि जारी अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचन प्रक्रियाबाट पदाधिकारी चयन गर्न प्रक्रिया अघि बढाइएको थियो।