अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

द्वन्द्व पीडित महिला तथा बालबालिकाको राहतका लागि तीन लाख सिफारिस गर्छौंः तपबहादुर मगर

द्वन्द्व पीडित महिला तथा बालबालिकाको राहतका लागि तीन लाख सिफारिस गर्छौंः तपबहादुर मगर


काठमाडौं-राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले द्वन्द्वपीडित महिला तथा बालबालिकाको राहत सहयोगका लागि उजुरीका आधारमा सरकारलाई सिफारिस गर्ने बताउनुभएको छ।

बिहीवार ललतिपुरमा आयोजित महिला शान्ति र सुरक्षाका सम्बन्धमा ‘कार्यान्वयनको हालसम्मको अवस्था र आगामी कार्यदिशा’ विषयक कार्यक्रमका उहाँले यस्तो बताउनुभएको हो।

अध्यक्ष मगरले द्वन्द्वपीडित महिला तथा बालबालिकालाई बढीमा तीन लाखसम्मको राहत सिफारिस गर्न राष्ट्रिय मानवअधिकार आयोगलाई  अधिकार भएको बताउनुभयो। उहाँले राष्ट्रिय मानवअधिकार आयोगमा परेका उजुरीको छानबिन गरी कार्यान्वयनका लागि सरकारलाई सिफारिस गर्ने काम भइरहेको बताउनु भयो। उहाँले बेपत्ता महिला तथा बालबालिकाको खोजी कार्य भइरहेको तथा पत्ता लाग्न नसकेको हकमा पनि सोहीअनुसार सार्वजनिक गर्ने बताउनु भयो। उहाँले राष्ट्रिय मानव अधिकार अयोगले पीडित महिला तथा बालबालिकालाई न्याय दिएर छोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

अध्यक्ष मगरले भन्नुभयो, ‘राष्ट्रिय मानव अधिकार अयोगले पनि जुन किसिमले द्वन्द्वकालमा भएका घटनाहरु छन् त्यसमा उजुरी लिएर कारबाही गरेर सरकारलाई सिफारिस गर्दै आएको छ। द्वन्द्वमा भोग्नुपरेको हत्या हिंसा यातना, बेपत्ता पारिएको सबैका उजुरी हामीकहाँ परेका छन्। त्यो लिएर अघि बढिरहेका छौँ र सिफारिस पनि गरी रहेका छौँ। बेपत्ता परिएकाहरुको उजुरी पनि लिएका छौँ । बेपत्ताको पत्ता लगाउने कुरामा त्यो सरकारले गुर्नपर्ने कुरा हो। पत्ता लगाउने भए पत्ता लगाउने नसके त्यही कुरा सार्वजनिक गरिदिने कुरा हो। द्वन्द्वपीडितको संक्रमण कालिन न्यायको आयोग गठन भएको छ त्यसले गर्ला भन्ने आशा गरौँ। हामीकहाँ परेको जो उजुरीहरु छन् हामीले काम गरिरहेका छौँ। त्यसमा सिफारिस पनि गरेका छौँ । हामीले गर्नसक्ने भनेको बढीमा तीन लाखसम्मको राहत सिफारिस गर्नसक्छौँ।’

अध्यक्ष मगरले द्वन्द्व पीडित महिला तथा बालबालिकालाई सरकारले गर्नुपर्ने सहयोग र महिला हिंसा तथा यौनहिंसा रोक्न अपनाउनुपर्ने सुरक्षा व्यवस्थालाई आयोगले प्राथमिकताका साथ कार्ययोजनामा राखेको बताउनु भयो।