अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय नेता डंगोलको भूमिका अविस्मरणीयः सभापति देउवा

लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय नेता डंगोलको भूमिका अविस्मरणीयः सभापति देउवा


काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं कांग्रेसका पूर्वसभापति तीर्थराम डंगोलको निधन पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ।

बिहीवार काठमाडौंमा आयोजि श्रदाञ्जलि सभामा बोल्दै सभापति देउवाले यस्तो बताउनु भएको हो। उहाँले कांग्रेसको सङ्गठन निर्माण र देशको लोकतान्त्रिक आन्दोलनमा स्वर्गी डंगोलले निर्वाह गरेको नेतृत्वदायी भूमिका अविस्मरणीय रहेको बताउनुभयो।

सभापति देउवाले स्वर्गी नेता डंगोलको बारेमा पुस्तक प्रकाशन गरेर आउँदो पुस्तालाई समेत उहाँको योगदानबारे जानकारी दिनुपर्ने बताउनु भयो। 

पार्टीको काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको श्रदाञ्जलि सभामा सभापति देउवासँगै उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेता कृष्ण प्रसाद सिटौला लगायत उपस्थित हुनुहुन्थ्यो। नेता डंगोलको ७७ वर्षको उमेरमा गत वैशाख १३ गते निधन भएको थियो।