काठमाडौं-राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले निर्वाचन प्रणालीबाट मात्रै परिवर्तन सम्भव नरहेको बताउनुभएको छ।
राष्ट्रिय सभाको बुधवारको बैठकमा सरकारले प्रश्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो। निर्वाचन प्रणालीबाट मात्रै परिवर्तन हुन्छ भन्ने सोच नराख्न पनि आग्रह गर्नुभयो। निर्वाचन प्रणाली नभइ आफ्नो सोचनमा परिवर्तन गर्न आग्रह गर्नुभयो। उहाँले बाँडफाँडको आधारमा नभइ शक्तिको आधारमा सरकारका निकायहरुमा व्यक्तिहरुको भर्ना हुने गरेको बताउनु भयो। उहाँले संसदीय व्यवस्था स्वीकार गर्नुको विकल्प नरहेको बताउनु भयो।
उहाँले भन्नुभयो, ‘अहिले जुन संसदीय व्यवस्था स्वीकारेर हामी आएका छौँ । म स्पष्ट गर्न चाहन्छु । संसारमा हिटलर कहाँबाट आयो । हिटलर पनि निर्वाचित भएर आएको होइन र ? हामीले भोलि राष्ट्रपतिको निर्वाचनको कुरा हामी गर्छौं, राष्ट्रपतिको निर्वाचन भयो भने त्यो हिटलर बन्न सक्दैन । निर्वाचन प्रणालीबाट मात्रै परिवर्तन हुन्छ भन्ने सोचेका छौँ भने त्यो सम्भव छैन । हाम्रो नियतमा परिवर्तन हुनुपर्छ।’
सांसद ढुंगानाले आफूले गरेको सबै ठिक र अरुले गरेको सबै काम बेठिक भन्ने सोच राख्न नहुने बताउनु भयो ।
प्रतिक्रिया