काठमाडौँ-नेकपा एमाले केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने उद्देश्यले छलफल सुरु गरेको छ।
बुधवार काठमाडौंमा सगमाथा संवादको स्थानीयकरणःजलवायु शक्तिकरण र विपद् न्युनिकरणको लागि राजनीतिक प्रतिवद्धत कार्यक्रमको आयोजना गर्दै विभागले सगरमाथा संवादलाई सफल बनाउने उद्देश्यबाट छलफल शुरु गरेको उहाँले बताउनु भएको हो।
छलफलका क्रममा बोल्दै एमाले नेता खिमलाल भट्टराईले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि पनि सगरमाथा संवाद महत्वपूर्ण हुने बताउनुभयो। विभागले गरेको छलफलबाट आएका निष्कर्षहरु सरकार सुझाव स्वरुप दिने पनि जानकारी गराउनु भयो। उहाँले जलवायु परिवर्तनका कारणले उत्पन्न भएका नकारात्मक प्रभाव, समाधानका उपायका बारेमा छलफल हुने बताउनु भयो।
उहाँले भन्नुभयो, ‘सगरमाथा संवादबाट अन्तर्राष्ट्रिय जगतमा जुन एउटा गम्भीर विषयको रुमपा आइरहेको जलवायु परिवर्तनको विषय छ। यो जलवायु परिवर्तनका कारणले उत्पन्न भएका नकारात्मक प्रभाव, समाधानका उपायका बारेमा संवादमा छलफल हुनेछ। आज संसारभर नै जलवायु परिवर्तनका विषयमा छलफल भइरहेको छ। यसका समाधानका उपायहरुबारे छलफल भइरहेको छ, खोजि भइरहेको छ।’
कार्यक्रममा बोल्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विपद् भन्दा अगाडिको पूर्वतयारी, विपद् जोखिम न्युनिकरणको काममा आवश्यक काम हुन नसकेको बताउनुभयो। उहाँले आपत्कालीन उद्धार र राहतमा नेपालले उत्कृष्ट काम गरेको पनि बताउनु भयो। उहाँले यसमा तीन तहकै सरकारले आवश्यक समन्वय गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो। उहाँले विकासको काम गर्दा जलवायुको असरबारे पनि सोच्न जरुरी रहेको बताउनु भयो।
उहाँले भन्नुभयो, ‘दुई, तीन वटा कुरालाई इन्प्रुभ गर्नुपर्छ भनेर पुनःनिर्माण प्राधिकरण रहँदै गर्दा अर्को पुनःनिर्माण प्राधिकरण जस्तै अर्को संस्था चाहिन्छ भनेर हामीले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण स्थापना ग¥यौँ । तर गृह मन्त्रालयको फ्रेमवर्कभित्र रहँदा यसमा समस्या आयो। मलाई लाग्छ यसमा राजनीतिक तहमा छलफल गर्न जरुरी छ । गृह मन्त्रालयको फ्रेमवर्कभित्र यो इन्टिटी रहँदा सानो सानो निर्णय गर्ने कुराका लागि त्यो लेभलको निर्णय गर्न सकेन । इमजेन्सी रेस्पोन्समा हाम्रो राम्रो खालको राहत उद्धारको काममा धेरै राम्रो क्षमता छ। उत्कृष्ट लेभलमा नेपालले काम गर्न सकेको छ । तर विपद् भन्दा अगाडिको पूर्वतयारी, विपद् जोखिम न्युनिकरणको कामका कुराहरुमा, विपद् पछिको पुनःनिर्माण र पुनःस्थापनामा जुन किसिमको अण्डरस्ट्याण्डिङ हुनुपर्दथ्यो त्यो हुन सकेन।’
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जलवायु परिवर्तनको कारण कृषि उत्पादनमा प्रभाव परिरहेको बताउनु भयो। त्यसबाट कसरी बच्ने भन्ने योजना बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो। तनि तहकै सरकारले स्पष्ट खाका र योजना बनाएर अघि जलवायु परिवर्तनको असर न्युनिकरण गर्न सकिने बताउनु भयो।
प्रतिक्रिया