अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा, तीन अर्ब २१ करोड बिगो माग दाबी

टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा, तीन अर्ब २१ करोड बिगो माग दाबी


काठमाडौं-टेरामक्स प्रकरणमा नेपाली कांग्रेसका सांसद मोहन बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री सञ्चारमन्त्री समेत रहेका मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।  बस्नेतसहित अन्य १६ जना तथा कम्पनी उपर बिगो ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी भएको छ। 

पूर्व सञ्चारमन्त्री बस्नेतले दूरसञ्चार ऐन, २०५३ को दफा १८ र २० मा रहेका नेपाल सरकार मन्त्रिपरिषद्ले मात्र प्रयोग गर्न पाउने अधिकार (नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने नेपाल सरकारमा निहित अधिकार) को अपव्याख्या गरी अन्तर्राष्ट्रिय कल अनुगमन/भीओआईपी नियन्त्रणका लागि उपयुक्त उपकरण र प्रणाली सञ्चालन गर्ने भनी निर्देशन दिएको अख्तियारको आरोप छ। 

मुद्दा दायर भएका अन्यमा प्राधिकरणका तत्कालीन सदस्यहरू धनराज ज्ञवाली, टीका प्रसाद उप्रेती,  तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकरणका निर्देशक विजय कुमार राय, उपनिर्देशक रेवती राम पन्थ, उपनिर्देशक सुरेश  बस्नेत, उपनिर्देशक हिरण्य प्रसाद बस्ताकोटी र उपनिर्देशक अच्युतानन्द मिश्र, निर्देशक सुरेन्द्रलाल हाडा, दिपेश आचार्य र उपनिर्देशक संदिप अधिकारी, परामर्शदाता जमाल अनौती, एजेन्ट दिलीप कुमार गुरुङ, तेज प्रसाद खरेल रहेका छन्।