काठमाडौं-उद्योगी, व्यवसायीहरुसँग लिनुपर्ने डेडिकेटेड र ट्रंक लाइनको वक्यौता उठाउने काम छिटै शुरु हुने बताउनुभएको छ।
पूर्वाधार विकास समितिको बुधवारको बैठकमा बस्दै मन्त्री खड्काले यस्तो बताउनुभएको हो। उहाँले मन्त्रीपरिषद्ले लाल अयाोगलाई आधार मानेर टिओडी मिटरको आधारमा तत्काल पैसा उठाउने निर्देशन दिएको र त्यही निर्देशन बमोजिम मन्त्रालयले प्राधिकरणलाई सहयोग पुर्याउने गरी कमिटी गठन गरेपछि त्यसका बिरुद्ध मुद्दा परेर बीचमै रोकिएको बताउनु भयो। उहाँले अहिले केही आवश्यक कुराहरु संशोधन गरेर तत्काल वक्यौता उठाउने भनेर प्राधिकरणले काम गरिरहेको जानकारी दिनुभयो । केही दिनभित्रै वक्यौता उठाउने काम शुरु हुने जानकारी दिनुभयो।
मन्त्री खड्काले भन्नुभयो, ‘हामीले पहिला पनि एउटा कमिटी गठन गरेका थियौँ। क्याबिनेटले पनि लाल अयाोगलाई आधार मानेर टिओडी मिटरको आधारमा तत्काल पैसा उठाउने निर्देशन दिएको थियो। त्यही निर्देशन बमोजिम हामीले प्राधिकरणलाई सहयोग पु¥याउने गरी मन्त्रालयले कमिटी गठन गरेको थियो। त्यसका बिरुद्ध मुद्दा पर्यो। त्यो बीचमा केही पनि भएन। अहिले केही आवश्यक कुराहरु संशोधन गरेर तत्काल वक्यौता उठाउने भनेर प्राधिकरणले काम गरिरहेको छ। यसमा नियमन आयोग र मन्त्रालयका साथीहरुले सहयोग गरिरहनुभएको छ। केही दिनमा यसको काम शुरु होला। उजुरीहरु आउने, तिर्नेले तिर्ने नतिर्नेले के छ उहाँहरुको अधिकार ? त्यसमा रहेर उहाँहरुले निवेदन दिने काम शुरु हुन्छ। पैसा तिराउन पहल गरिरहेका छौँ । यो चाँडै नै टुंगोमा पुग्छ भन्ने विश्वास छ।’
मन्त्री खड्काले विषयवस्तुमा बढी केन्द्रित रहेर काम अघि बढाउन समितिसँग आग्रह गर्नुभयो ।
प्रतिक्रिया