अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

गृह मन्त्रालयका सहसचिव भट्टराई अख्तियार नियन्त्रणमा

गृह मन्त्रालयका सहसचिव भट्टराई अख्तियार नियन्त्रणमा


काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ। 

मंगलबारमात्रै  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट जिम्मेवारी खोसिएर गृह मन्त्रालय तानिएका भट्टराईलाई अख्तियारले बुधबार नियन्त्रणमा लिएको हो। 

भिसिट भिसामा जानेसँग रकम उठाएको उजुरी परेपछि केहीबेरअघि मात्रै अख्तियारको टोलीले अध्यागमन कार्यालयमा छापा मारेको थियो। अहिले अख्तियार कार्यालयमा भट्टराईसँग बयान भइरहेको अख्तियार स्रोतले जानकारी दियो। 

अध्यागमन कार्यालयमा छापा मारेर अख्तियारको टोलीले कम्प्युटर र विभिन्न डिभाइसहरू नियन्त्रणमा लिएको छ।