अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

तस्बिरमा यस्तो देखियो एमालेको ‘गणतन्त्र उत्सव’

तस्बिरमा यस्तो देखियो एमालेको ‘गणतन्त्र उत्सव’


काठमाडौं-नेकपा एमालेले काठमाडौंमा आज गणतन्त्र दिवसलाई विशेष उत्सवका रुपमा मनाएको छ। काठमाडौंका विभिन्न ठाउँबाट परम्परागत भेषभूषा, सांस्कृतिक झाँकीसहितको र्‍याली निकालेको हो। गणतन्त्र दिवसलाई जनताको खुशी र गौरवको दिनको रूपमा उत्सवको रूपमा मनाउने निर्णयअनुसार एमालेले देशभर प्रदर्शन गरेको हो।

बिहान ११ बजेदेखि एमालेले आर आर क्याम्पस, पद्मकन्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट आ-आफ्नो भेषभूषा,सांस्कृतिक झाकी र्‍यालीसहित प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा भेला भएर वृहत् र्‍याली निस्केको थियो। र्‍याली शहिद गेट, सुनधारा रत्नपार्क हुँदै पुन भृकुटीमण्डपमा पुगी समापन गरिएको थियो। उत्सवमा पञ्चेबाजा, झ्याली, नेवारी संस्कृति झल्कने भेषभुषामा प्रदर्शन गरिएको थियो।

गणतन्त्रको रक्षार्थ र राजावादीको आन्दोलनको जवाफस्वरूप एमालेले प्रदर्शन गरेको हो।

गणतन्त्र उत्सवको र्‍यालीमा नारा गणतन्त्रको पक्षमा नारा लगाउँदै र्‍याली निकालेको थियो। नाराहरु ‘गणतन्त्र जिन्दवाद’, ‘गणतन्त्रको रक्षा गरौँ, ‘संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दबाद’, ‘नेकपा (एमाले) जिन्दबाद’ भन्ने नारा लगाउँदै र्‍यालीमा प्रस्तुत गरिएको थियो।

उत्सवमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल लगायतका पार्टीका शीर्ष नेताहरुको सहभागी हुनुभएको थियो।