काठमाडौं-भारतको गुजरात राज्यस्थित अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ। दुर्घटनाग्रस्त विमान चिकित्सहरू बस्ने आवासमाथि खसेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
विमानमा १२ जना चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए। जसमा ५२ जना बेलायती नागरिक र एक जना क्यानडेली नागरिक रहेको पुष्टि भएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेको छ।
प्रतिक्रिया