अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अन्नपूर्ण न्यूरो अस्पताल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

अन्नपूर्ण न्यूरो अस्पताल र प्रभु बैंकबीच विशेष छुट सम्झौता


काठमाडौं-काठमाडौं महानगरपालिका-११, बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पताल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अन्नपूर्ण न्यूरो हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकले १०-१५ प्रतिशत छुट पाउने सम्झौता गरेको हाे। सो छुट सेवासुविधा अन्नपूर्ण न्यूरो अस्पतालमा प्राप्त गर्न  सकिनेछ।

उक्त सम्झौतापत्रमा अन्नपूर्ण न्यूरो अस्पतालका तर्फबाट मेडिकल प्रशासक डाक्टर शरद गजूरेल र मार्केटीङ म्यानेजर प्रेम कुमार दाहाल तथा प्रभु बैंक लि.का तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटीङ म्यानेजर दिना चित्रकारको संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो।

त्यसैगरी, ग्राहकहरुको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ। साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट पनि सम्मानित भएको छ।