काठमाडौं-नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले संसद बैठक मर्यादित हुनुपर्ने बताउनु भएको छ। सांसद थापाले अहिले आफूहरु आफू कुन ठाउँमा छौं भन्ने थाहा नपाएको भन्दै प्रश्न गर्नुभयो।
सांसद थापाले बैठकको स्थान र व्यवस्था स्पष्ट नभएको भन्दै ध्यानाकर्षण गराउनु भयो। प्रनिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले नाराबाजी गरेपछि सांसद थापाले नियमापत्ति गर्नुभएको हो।
नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले धारणा राखिरहेका बेला थापाले उठेर प्रतिनिधि सभा नियमावली २० को व्यवस्थाबारे ध्यानाकर्षण गराउनुभयो।
सांसद थापाले भन्नुभयो, ‘हामी रत्नपार्कमा छौं कि शहीद गेटमा छौं कि, कलंकीमा छौं कि पोखरा चिप्लेढुंगामा छौं, मैले बुझ्न पाइनँ, बुझ्न सकिनँ।’
सांसद थापाले रास्वपा सांसदहरुतर्फ इंगित गर्दै भन्नुभयो, ‘माननीय सदस्यहरुका कुर्सी रोइरहेका छन्, कुर्सीले माननीय सदस्यहरु भेट्न पाइरहेका छैनन्।’
सभामुख घिमिरेले सोमबारको बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु आ-आफ्नो ठाउँबाट उठेका थिए।
प्रतिक्रिया