अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश

रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश


काठमाडौँ-रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ। मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई तीन लाख धरौटीमा छाडन आदेश गरेका हो।

तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक आन्दोलनपछि मिश्रलाई पक्राउ गरिएको थियो। पक्राउ परेका मिश्र विरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएको थियो । सोमबार राप्रपाका महामन्त्री धवल शमशेर जवरा पनि ३ लाख धरौटीमा रिहा भएका थिए। 

मिश्रविरूद्ध सरकारले राज्य विरूद्धको कसूर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसूरमा सजाय हुन मागदाबी लिएको थियो ।