अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरमा एक किशोरी र एक युवकको शव फेला

उदयपुरमा एक किशोरी र एक युवकको शव फेला


उदयपुर-उदयपुरमा एक किशोरी र एक युवकको शव फेला परेको छ। चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा रहस्यमय ढंगले दुईजनाको शव फेला परेको इलाका प्रहरी कार्यालय बेल्टार चौदण्डीगढीका प्रमुख इन्स्पेक्टर बबिन राईले जानकारी दिनुभयाे। उहाँका अनुसार एक युवक र एक बालिकाको शव फेला परेको हो।

स्थानीय २८ वर्षीय रविन राई र सोही ठाउँकी १४ वर्षीय किशोरी मञ्जु राईको शव बुधबार बिहान गाउँमै फेला परेको हो। मञ्जुको शव अमलचौरीको सार्वजनिक बाटोमा फेला परेको र त्यसको दुई सय मिटर नजिकै रविनको शव भेटिएको प्रहरीले जनाएको छ। रविनको शव भने झुन्डिएको अवस्थामा फेला परेको हो। 

बिहानै स्थानीयले बाटोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी पुगेर खोजतलास गर्दा दुईसयमिटर नजिक रबिनको शव भेटिएको प्रहरीले जनाएको छ।

दुवै शव पोस्ट मार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।