अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीसँग असार ६ गते प्रश्नोत्तर

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीसँग असार ६ गते प्रश्नोत्तर


काठमाडौँ-प्रतिनिधि सभामा २०८२ असार ६ गते शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।

सङ्घीय संसद् सचिवालयले असार १४ गतेसम्मका लागि सार्वजनिक गरेको सदनको क्यालेण्डरमा ६ गते शुक्रवार प्रधानमन्त्रीको सांसदसँग प्रश्नोत्तर कार्यक्रम हुने उल्लेख छ। 

 क्यालेन्डरअनुसार असार १४ गतेसम्म ११ वटा बैठक बस्ने उल्लेख गरिएको छ। क्यालेन्डरमा असार १० गतेसम्म निरन्तर र त्यसपछि १४ गते बैठक बस्ने उल्लेख छ। असार ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर, ७ र १४ गते शनिबार पनि बैठक बस्ने क्यालेन्डरमा उल्लेख छ।

यस्तै बजेटमाथि छलफल गर्नुको साथ निजामती विधेयक पारित गर्ने उल्लेख छ।