काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विनियोजन विधेयकको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।
विनियोजन विधेयकको पक्षमा मतदान गर्न एमालेद्वारा ह्विप जारी
सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयक २०८२ असार १० गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्न कार्यसूची छ।
यही असार १० गते मंगलबार संसदमा आर्थिक वर्ष २०८२/०८३ सालको विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको अनिवार्य उपस्थित हुन र पक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गरिएको एमाले प्रमुख सचेतकमहेश बर्तौलाले जानकारी दिनुभयाे ।
एमाले मुख्य सचेतक बर्तौलाले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारद्वारा पेश गरिएको आर्थिक वर्ष २०८२/०८३ सालको विनियोजन विधेयकलाई मिति २०८२ असार १० गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेकाले नेकपा एमाले संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्नुहुन ह्विप जारी गरिएको छ।’

प्रतिक्रिया