सुर्खेत-कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरपालिकाले बसाइँ सरेर आउनेहरूका सीप र क्षमतालाई ज्ञान भण्डार (नलेज बैंक)का रूपमा उपयोग गर्ने भएको छ।
१७ औं नगर सभाको आजको बैठकमा नगरप्रमुख मोहनमाया ढकालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो विषय उल्लेख गर्नुभएको हो। नीति कार्यक्रममा प्रदेश राजधानी घोषणा भएसँगै कर्णालीका विभिन्न जिल्लाबाट वीरेन्द्रनगरमा बसाइँ सरी आउनेहरूको संख्यामा उल्लेख्य वृद्धि भएकोले उनीहरुको क्षमतालाई नगरको विकास र समृद्धिका लागि उपयोग गर्न यो कार्यक्रम ल्याइएको हो।
बसाइँ सरुवाहरुसँगै आउने रैथाने सीप नगरपालिकाको महत्वपूर्ण ज्ञानको स्रोत भएकोले सो को उपयोगबाट नगर क्षेत्रले संस्कृति संरक्षण,कर्णाली पहिचान गर्दै उनीहरुको बौद्धिक क्षमता उपयोग गरिने नगरप्रमुख ढकालले बताउनुभयो। नीति कार्यक्रममको भूमिका खण्डमा नै यहाँ भइरहेको आन्तरिक बसाइँसराइ समेटेर नगरपालिकाले बसाइँ सरुवाको व्यवस्थपनलाई उच्च प्राथमिकतमा राखेको छ।
नगरप्रमुख ढकालले प्रस्तुत गरेको नीति कार्यक्रममा उल्लेख भए अनुसार वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी भए संगै प्रदेशको राजधानी शहरमा पाइने सुविधाको खोजिमा कर्णालीबाट मात्रै हैन कर्णाली वाहिरका जिल्लाहरुबाट पनि यस नगरपालिकामा भइरहेको उच्च आन्तरिक वसाइसराईलाई व्यवस्थित गर्नुपर्ने उल्लेख छ। ‘सम्भावनाको खोजी गर्दै वसाईराई आएकाहरुलाई स्वागत गर्दै उनीहरु संग भएको रैथाने सीप र क्षमता नगरको विकास र समृद्दिमा उपयोग गर्न पलयधभिमनभ द्यबलप स्थापन गरि नगरलाई समृद्द वनाउंदै लैजान थप सृजनात्मक भएर लागी रहेको छ’ नीति कार्यक्रम बाचन गर्दै ढकालले भन्नुभयो।
प्रतिक्रिया