अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विविधता हाम्रो सम्पत्ति हो, यसलाई गोलबद्ध गर्न सके देशको हित हुन्छ: पर्यटन मन्त्री पाण्डे

विविधता हाम्रो सम्पत्ति हो, यसलाई गोलबद्ध गर्न सके देशको हित हुन्छ: पर्यटन मन्त्री पाण्डे


काठमाडौँ-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधता राष्ट्रको पहिचान तथा शक्तिको स्रोत भएको स्पष्ट पार्नुभएको छ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले यस्तो स्पष्ट पार्नुभएको हो। मन्त्री पाण्डेले प्रत्येक भाषा र समुदायले आफ्नै साहित्य, कला र दर्शन बोकेको उल्लेख गर्नुभयो।

मन्त्री पाण्डेले विविधतालाई सशक्त रूपमा प्रवद्र्धन गर्न सकिएमा त्यसबाट देशकै हित हुने बताउनु भयो। मन्त्री पाण्डेले विविधतालाई सङ्गठित गर्दै गोलवद्ध गर्न सकेमा नेपालले आफ्नो मौलिक पहिचान सुरक्षित गर्न सक्ने र समावेशी राष्ट्र निर्माणमा थप बल पुग्ने धारणा राख्नुभयो। उहाँले विविधतालाई प्रवद्र्धन गर्न आगामी दिनमा थप प्रभावकारी कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।  

मन्त्री पाण्डेले मातृभाषाहरूको विकास तथा भाषाहरूको संरक्षण र विकासको लागि संविधानको धारा २८७ मा भाषा आयोगको व्यवस्था गरिएको बताउनु भयो । उहाँले भाषा आयोगले नेपालमा रहेका भाषाहरूको खोज, अध्ययन, अनुसन्धान, संरक्षण, संवद्र्धन र विकासका कामहरू गरिरहेको जिकिर गर्नुभयो।