अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश

टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश


काठमाडौं-टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश गरेको छ। 

विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले बुधबार दायर गरेको मुद्दामा न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बिहीबार बस्नेतलाई धरौटीमा छाड्न आदेश गरेको हो। 

टिकटकमा नेताहरूमाथि गालीगलौज गर्दै भिडिओ बनाएको बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले असार १ गते पक्राउ गरेको थियो।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी ठेगाना भई हाल भक्तपुरमा बसोबास गर्ने ३१ वर्षकी बस्नेतलाई प्रहरीले विद्युतीय कारोबार कसुर (साइबर क्राइम) मा अनुसन्धान गरेको थियो।  

बस्नेतलाई सामाजिक सञ्जाल टिकटकमा नियोजित रूपमा जातीय तथा साम्प्रदायिक सद्भावमा खलल पुर्‍याउने, प्रतिष्ठित व्यक्ति र संस्थालाई लक्ष्यित गर्दै तथ्यहीन तथा भ्रामक सामग्री प्रकाशित–प्रसारित गरेको आरोप लगाइएको थियो।