अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँ भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ

काठमाडौँ भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ


काठमाडौँ-काठमाडौंकाे पुरानो बसपार्कमा ‘काठमाडौँ भ्यू टावर’ निर्माणको काम गरिरहेका व्यवसायी मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रवार भेटवाललाई नामनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएकाे हाे।

इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवाल विरुद्ध अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा १० करोडको बैङ्किङ कसुरको जाहेरी दर्ता भएको छ। सो मुद्दामा अनुसन्धानका लागि प्रहरीले भेटवाललाई पक्राउ गरेको हो ।

भेटवाल यसअघि पनि चेक बाउन्स र रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड घोटाला मुद्दामा पक्राउ परेका थिए ।