अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुपाल्चोकमा ११ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या, ५ जना पक्राउ

सिन्धुपाल्चोकमा ११ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या, ५ जना पक्राउ


सिन्धुपाल्चोक-सिन्धुपाल्चोकमा ११ वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको छ। प्रहरीले बलात्कार र हत्यामा संलग्न आरोपमा ५ जनालाई पक्राउ गरेको छ। 

बलात्कारपछि हत्या गरेका पाँच जना आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ।

बालिकाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले भोटेकोशीकै २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङलाई पक्राउ गरेको हो।

२०८२ असार ११ गते बिहान साढे ९ बजेतिर भोटेकोशी गाउँपालिका-५ छ्याङ्दीको एक जंगलमा ११ वर्षीया बालिका मृत फेला परेकी थिइन्।

कोलगाउँ बस्ने ती बालिकाको शव घरदेखि अन्दाजी ४ सय मिटर पर रहेको बारीमा फेला परेको थियो। शव फेला परेपछि एसपी रामेश्वर कार्कीको नेतृत्वमा प्रहरीको टोली खटिएको थियो।

प्रहरीले घटनास्थलमा निरीक्षण, सबुत संकलन, सोधपुछ र तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरेको थियो।

अनुसन्धानका लागि काठमाडौंबाट तालिम प्राप्त कुकुरसमेत झिकाएको थियो।