अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँ अदालतबाट भागेका थुनुवा गंगबुबाट पक्राउ

काठमाडौँ अदालतबाट भागेका थुनुवा गंगबुबाट पक्राउ


काठमाडौँ-काठमाडौँ अदालतबाट भागेका थुनुवा गंगबुबाट पक्राउ परेका छन्। आइतबार थुनछेक बहसका लागि लगिएका चोरी मुद्दाका आरोपित अदालतको शौचालयबाट फरार भएका थिए। काठमाडौँ प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार उनी हतकडीसहित बालाजु बसपार्कबाट फेरि पक्राउ गरिएको हो। 

अदालतको शौचालयबाट भाग्ने व्यक्ति रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका- १ घर भई हाल गंगबु बस्ने २१ वर्षीय निराजन ठकुरी भन्ने दशरथ शाही फरार थिए। २०८२ जेठ २० गते पक्राउ परेका शाहीलाई प्रहरी वृत्त लैनचौरको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।