अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पत्रकार दिलभूषण पाठकविरूद्ध अदालतमा मुद्दा दायर

पत्रकार दिलभूषण पाठकविरूद्ध अदालतमा मुद्दा दायर


काठमाडौं- पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोबार (साइबर क्राइम) ऐनअन्तर्गत मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार परिवर्तित नाममा साइबर ब्युरोमा परेको उजुरीका आधारमा पाठकविरुद्ध मुद्दा दायर गरेको हो।

जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को विद्युतीय स्वरूपमा गैरकानूनी कुरा प्रकाशन गरेको कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबी गरेको छ।

पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवाको तारे होटल हिल्टनमा लगानी रहेको, अस्ट्रेलिया, क्यानडा, दुबईमा पनि लगानी रहेको भन्ने दाबीमा आधारित ब्रिफिङ सामग्री युट्युबमा प्रसारण गरेका थिए।  

उक्त कार्यक्रम भिडिओ, स्क्रिनसट, कागजातहरू पनि अभियोगपत्रका साथ पेस गरिएको छ। तर, प्रहरीले पाठकसँग भने बयान लिएको छैन। 

मुद्दाकाे पूर्णपाठ