अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

काठमाडौँको नागार्जुनका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद

काठमाडौँको नागार्जुनका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद


काठमाडौँ-भ्रष्टाचार मुद्दामा काठमाडौँको नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद सजाय सुनाइएको छ।

सोमबार विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले मेयर बस्नेतलाई दोषी ठहर गर्दै ‍भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३(१) बमोजिमको कसुरमा ८ वर्ष र दफा ३०(१) बमोजिम थप ३ महिना कैद सजायको फैसला गरेको हो।

मेयर बस्नेतलाई २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ ८ पैसा जरिवाना पनि तोकिएको छ। सम्पत्ति शुद्धीकरणको मुद्दामा बस्नेतलाई १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा बिगो दाबी गरिएकोमा ३ वर्ष कैद सजाय हुने ठहर भएको छ भने बिगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ ८६ पैसा जरिवाना हुने ठहर भएको छ।  

त्यस्तै गैरकानुनी रुपमा कमाएको ठहर भएको सम्पत्तिसमेत जफत हुने भएको छ। मेयर बस्नेतमाथि सम्पत्ति शुद्धीकरणकै कसुरमा राष्ट्रसेवकलाई हुने अतिरिक्त १० प्रतिशत कैद सजायसमेत (३ महिना १० दिन) थप हुनेछ।  

बस्नेतबाट १ करोड ५ लाख १ हजार ४२ रुपैयाँ ५८ पैसा पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि र सो कम्पनीका अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ लाख २२ हजार ४६० रुपैयाँ  २२ पैसा क्षतिपुर्ति शूल्क पीडित राहत कोषमा दाखिला गर्नुपर्ने समेत ठहर भएको छ।  

त्यस्तै कँडेललाई पनि ८ वर्ष कैद सजाय  हुने भएको छ।  कँडेल र दुई कम्पनीले पनि २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ बिगो दामासायीले भराउनुपर्ने भएको छ।