अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन आसपासका बासिन्दालाई प्रधानमन्त्रीको आग्रह

त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन आसपासका बासिन्दालाई प्रधानमन्त्रीको आग्रह


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली नदीमा आएको बाढीबाट जोगिन आसापासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ।

सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले जल तथा मौसम विज्ञान विभागको सूचनालाई ध्यान दिएर आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको हो।

प्रधानमन्त्री ओलीले विपत व्ययवश्थापन कार्यलयले दिएका सम्पर्क नम्बरहरु,सुरक्षा निकाय तथा सुरक्षाकर्मीको सम्पर्कमा रहन सबैलाई अनुरोध पनि गर्नुभएको छ । प्रधानमन्त्री लेख्नुहुन्छ ‘सुरक्षित होउँ,अरुलाई पनि सुरक्षित राखौं ’

गएराती आएको बाढीले रसुवामा ठुलो क्षति गरेको छ। केही मानिसहरु बाढीमा बगेको अनुमान गरिएको छ बाढीमा फसेकाहरुको उद्धारका लागि सरकारले हेलिकप्टर परिचालन गरेको छ।