अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीबाट ‘हाइ पर्फमेन्स सेन्टर’ र ‘स्पोर्ट्स साइन्स रिसर्च सेन्टर’को उद्घाटन (तस्वीरहरू)

प्रधानमन्त्री ओलीबाट ‘हाइ पर्फमेन्स सेन्टर’ र ‘स्पोर्ट्स साइन्स रिसर्च सेन्टर’को उद्घाटन (तस्वीरहरू)


ललितपुर-प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्माण भएको ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्सरिसर्च सेन्टर’को उद्घाटन गर्नुभएको छ। बिहीबार प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय खेलकुद परिसरमा दुवैको उद्घाटन गर्नुभएको हो।

७ हजार ५७८ स्क्वायर फिट क्षेत्रफलमा निर्माण गरिएको सेन्टर हलमा १०० जनासम्म खेलाडीले एकैपटक प्रशिक्षण गर्न सक्ने छन्। साथै, ४ हजार ९६ स्क्वायर फिट क्षेत्रफलमा जिम हलसमेत रहेको छ।

केन्द्रमा पुरुष र महिलाका लागि छुट्टाछुट्टै चेनजिङ रुम, बाथरुम, लकर रुम, अफिस रुम, भण्डारण कक्ष, थेरापी रुम, स्टिम रुम, सुविधा सम्पन्न शौचालय लगायतका पूर्वाधार रहेका छन्। त्यसैगरी, ट्रेडमिल, इलिप्टिकल, इन्डोर बाइक, स्क्वाट स्टेन्ड, लेग प्रेस, स्मिथ मसिन, फङ्सनल ट्रेनिङ सिस्टम, डम्बेल स्टेन्ड, बारबेल र्‍याकजस्ता अत्याधुनिक ३० भन्दा बढी जिम उपकरणहरू पनि जडान गरिएका छन्।

खेलाडीको शारीरिक क्षमता र संरचनाबारे अध्ययन गर्न राखेपले नेसनल स्पोर्ट्स साइन्स रिसर्च सेन्टर स्थापना गरेको हो।

तस्वीरहरू