अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची


काठमाडौँ-प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। बैठक नयाँ बानेश्वार संसद भवनमा दिउँसो १ बजे सुरु हुनेछ। आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धित पत्रको बेहोरा सुनाउने कार्यसूची रहेको छ ।

यस्तै, सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सूची छ ।

त्यसै गरी माननीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत हुने प्रतिनिधि सभाका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयाे। 

Skip This