काठमाडौं-मोटरसाइकल दुर्घटनामा पत्रकार कृष्णप्रसाद बस्यालको निधन भएको छ। नेपाल पत्रकार महासंघका पूर्व केन्दीय उपाध्यक्षसमेत रहेका बस्यालको आइतबार राति बर्दियाको मधुवन नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो।
कुसुम्बाबजारदेखि गुलरियातर्फ आउँदै गर्दा राति करिब ८ बजे मधुवन नगरपालिका–८ गणेश चोक नजिक हुलाकी सडकमा बस्याल सवार भे १३ प ९३६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका उनकाे शिक्षण अस्पताल नेपालगन्जमा उपचारको क्रममा गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले बताए ।
उनी मोटरसाइकलको पछाडि सवार थिए। बस्याल सवार मोटरसाइकलले साइकल यात्रुलाई जोगाउँदा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक ४२ वर्षीय विष्णु पौडेल घाइते भएका छन्। पाैडेल पनि पत्रकार हुन्। उनको गुलरियामा उपचार भइरहेको छ प्रहरीले जनाए।
दुर्घटनामा बारबर्दिया नगरपालिका–४ घर भएका साइकल यात्रु प्रदिप थारु सामान्य घाइते भएका छन्।







प्रतिक्रिया