महोत्तरी-प्रधानमन्त्री केपी शर्मा ओलीबाट महोत्तरीको मटिहानी नगरपालिका वडा-६ मा नवनिर्मित प्रसूति गृहको उद्घाटन गर्नुभएको छ।
२०८२ साउन ९ गते शुक्रबार महोत्तरीको मटिहानी आइपुग्नुभएक प्रधानमन्त्री ओलीले मटिहानी नगरपालिका वडा-६ मा नवनिर्मित प्रसूति गृहको उद्घाटन गर्नुभएको हो। यस अघि प्रधानमन्त्री ओलीले सोही नगरपालिका–८ स्थित विग्ही नदीको पुल उद्घाटन गर्नुभएको थियो।
उद्घाटनको अवसरमा महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी, मधेश प्रदेशका प्रदेश प्रमुख सावित्री भण्डारी, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायतकाे उपस्थिति थियो।
प्रधानमन्त्रीले आजै जनकपुर-कुर्था-सम्सी सडक खण्डको रौजा स्थित रातुखोला पुलको उद्घाटन गर्ने कार्यक्रम छ। यसैगरी बाराको परवानीपुर गाउँपालिकाको नवर्मित प्रशासकीय भवन उद्ध्घाटन र त्यहाँ आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओली आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ।




तस्बिर: दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवाल


तस्बिर: दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवाल







प्रतिक्रिया