काठमाडौं-नेकपा एमालेको सचिव एवं प्रतिनिधि सभाका सदस्य योगेश भट्टराईले ‘कुलिङ अफ पिरियड’का बारेमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नै छानबिनको दायरामा ल्याउनु पर्ने बताउनुभएको छ। दाहालले हिजो एउटा कार्यक्रममा यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली माथि छानबिन गर्नुपर्ने अभिव्यक्ति दिएपछि त्यसको कडा प्रतिवाद गर्दै सचिव भट्टराईले दाहाल छानबिनको दायरामा आउनु पर्ने आधार समेत प्रस्तुत गर्नुभएको छ।
अध्यक्ष दाहाललाई सम्बोधन गर्दै भट्टराईले सङ्घीय निजामती सेवा गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कुलिङ अफ पिरियडका बारेमा प्रधानमन्त्री लक्षित अभिव्यक्ति दिएको गम्भीर ध्यानाकर्षण भएको सचिव भट्टराईले उल्लेख गर्नु भएको छ। उहाँले पूर्व प्रधानमन्त्री समेत रहनुभएका दाहाल यस प्रकरणमा तीन वटा कारणले दाहाल माथि छानबिन गर्न माग गर्नु भएको छ।
‘२०८० फागुन ११ गते संसद्मा यो विधेयक दर्ता भएको बेला तपाईँ नै प्रधानमन्त्री हुनुहुन्थ्यो । तपाईँकै अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले यो विधेयकलाई संसद्मा पेस गर्न स्वीकृति दिएको हो’ भट्टराईले लेख्नु भएको छ ‘जसमा कुलिङ अफ पिरियडको कुनै व्यवस्था गरिएको छैन । यसले स्पष्ट गर्दछ कि तपाईँ कुलिङ अफ पिरियडको पक्षमा हुनुहुन्थेन। ’ भट्टराईले दाहाललाई सोध्नु भएको छ ‘आज विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो ?’
दाहाल प्रतिनिधिसभा राज्य व्यवस्था समितिको वरिष्ठ सदस्य भएको स्मरण गराउँदै भट्टराईले सोही समितिले कुलिङ अफ पिरियड राख्ने निर्णय गरेको उल्लेख गर्नुभएको छ। ‘तर समितिको प्रतिवेदन संसद्मा पेस गर्दा यो व्यवस्थालाई किन तलमाथि गरियो ? समितिको वरिष्ठतम् सदस्यका हैसियतले तपाईँमाथि नै नैतिक प्रश्न उठ्छ हैन र ?’ भट्टराईले लेख्नुभएको छ ‘अनि छानबिन तपाईँ माथि नै गर्नुपर्ने हो कि ?’
भट्टराईले लेखेको स्टाटस लेखेको यस्तो छ
कमरेड पुष्पकमल दाहालज्यू
लालसलाम
तपाईँले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कुलिङ अफ पिरियडका बारेमा प्रम केपी ओलीलाई समेत छानबिन गर्नु पर्ने भनेर मन्तव्य दिनु भएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । निम्न विषयमा तपाईँको ध्यानाकर्षण सहित जवाफको अपेक्षा गर्दछु।
१. हामी विधेयकमा कुलिङ अफ पिरियड समावेश गर्नु पर्छ भन्ने पक्षमा छौ र यो विषयको संशोधन हामीले सांसदहरू नै राखेका हौ । आज पनि हामी यो अडानमा कायम छौ।
२. तपाईंले वर्तमान प्रम केपी ओलीमाथि व्यङ्ग्य गर्नु भएछ। तपाई कुलिङ अफ पिरियडका सम्बन्धमा “प्रचण्ड” अडानमा हो भने मेरो प्रश्न छ २०८० फागुन ११ गते संसद्मा बिधेयक दर्ता भएको बेला तपाई नै प्रम हुनुन्थ्यो र तपाई कै अध्यक्षतामा बसेको मंत्रिपरिषदको बैठकले यो विधेयकलाई संसद्मा पेस गर्न स्वीकृति दिएको हो। जसमा कुलिङ अफ पिरियडका बारेमा कुनै व्यवस्था गरिएको छैन। यसले स्पष्ट गर्दछ कि तपाई कुलिङ अफ पिरियडका पक्षमा हुनुन्थ्यो। आज विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो ? सांसदहरूको संशोधन प्रस्ताव पछि मात्र यो विषयको बहस सुरु भएको हो । यो तथ्यका बारेमा हेक्का रहोस् ।
३. प्रतिनिधिसभाको राज्य ब्यबस्थ तथा सुशासन समितिको तपाईं वरिष्ठतम सदस्य पनि हो । जुन समितिले कुलिङ अफ पिरियड राख़्ने निर्णय गरेको थियो । तर समितिको प्रतिबेदन संसदमा पेश गर्दा यो ब्यवस्थालाई तलमाथि किन गरियो रु समितिको वरिष्ठतम सदस्यका हैसियतले तपाईंमाथि पनि नैतिक प्रश्न उठछ होईंन र? अनि छानबिन त तपाईमाथि नै गर्नु पर्ने हो कीरु आफनै बोली आफैलाई गलापासो नहोस ।
प्रतिक्रिया