अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ पुस्तालाई कृषिमा जोड्न अबको साझा विषय बन्नुपर्छ: महासचिव पोखरेल

नयाँ पुस्तालाई कृषिमा जोड्न अबको साझा विषय बन्नुपर्छ: महासचिव पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपामा पछिल्लो समय नयाँ पुस्ता कृषि कर्मबाट अलग भएका बताउनुभएको छ। 

अब नयाँ पुस्तालाई कृषिमा जोड्ने कुरा युवा आन्दोलनको साझा विषय बन्नु

राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित १ महिने वृहत् रक्तदान अभियानको शुभारम्भ तथा खिर खाने कार्यक्रमलाई बिहीबार भृकुटीमण्डपमा सम्बोधन गर्दै महासचिव पोखरेलले पछिल्लो नयाँ पुस्ता कृषिमा नजोडिँदा देश समस्यामा परेको उहाँले बताउनुभयो। ‘जमिन बाँझै रहने, युवा रोजगारीको खोजिका लागि विदेश जाने अवस्थालाई बदल्ने सङ्कल्प हामीले गर्नुपर्दछ, नेपालमा जनसङ्ख्याको ठुलो सङ्ख्यालाई रोजगारीमा समेट्ने क्षेत्र नै कृषि क्षेत्र हो’, महासचिव पोखरेलले भन्नुभयो। 

व्यवसायिक कृषि अघि नबढ्दा नयाँ पुस्ता कृषि कर्ममा जोडिन नसकेको उहाँले बताउनुभयो। त्यसैले अब नयाँ पुस्तालाई कृषिमा जोड्ने कुरा युवा आन्दोलनको साझा विषय बन्नु पर्नेमा उहाँले जोड दिनुभयो। ‘कृषि क्षेत्रको विकासले नै विकासको आधारशिला निर्माण गर्दछ’, महासचिव पोखरेलले भन्नुभयो । 

कृषिलाई रूपान्तरण गर्न सकिएन भने देशको विकास हनु नसक्ने उहाँले बताउनुभयो। नयाँ पुस्तालाई कृषिमा जोड्नु पर्ने उहाँले बताउनुभयो। 

राजनीतिक परिवर्तनको लागि हिजो काम भएको भन्दै उहाँले अब आर्थिक परिवर्तनको लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।