अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले कृषिलाई व्यावसायिक र आधुनिक बनाउने कार्यक्रम अघि सारेको छ: प्रधानमन्त्री ओली

सरकारले कृषिलाई व्यावसायिक र आधुनिक बनाउने कार्यक्रम अघि सारेको छ: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई व्यावसायिक र आधुनिक बनाउने कार्यक्रम सरकारले अघि सारेको जानकारी दिनुभएको छ।

साउन २९ गते बिहीवार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री ओलीले यसको सरकारले कृषि आधुनिकीकरण परियोजना सुरु गरेको जानकारी दिनुभएको हो।

‘निर्वाहमुखी कृषिलाई व्यावसायिक, उत्पादनमुखी, रोजगारमुखी र प्रविधिको प्रयोगमार्फत आधुनिक बनाउन सरकारले कृषि आधुनिकीकरण परियोजना अगाडि सारेको छ। कृषि वस्तुका विषयगत सुपर जोन, जोन र एकाइहरू बनाएर उत्पादन बढाउने लक्ष्य लिइएको छ’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ। 

यसैगरी कृषि आधुनिकीकरण परियोजना एकाइमार्फत बागलुङ र पर्वतका विभिन्न स्थानमा ९९.५ हेक्टर जग्गा चक्लाबन्दी गरी व्यावसायिक रूपमा फलफूल तथा तरकारी खेती थालिएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिनुभएको छ। 

कृषि कर्मबाट नै रोजगारी सिर्जना हुने प्रधानमन्त्री ओलीको विश्वास छ। ‘कृषिलाई परम्पराबाट आधुनिक व्यवसाय बनाएपछि यसले उत्पादन बढाउने मात्रै नभएर रोजगारी पनि सिर्जना गर्ने छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो।