काठमाडौं-एनआईसी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा छुट दिन अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्स र बैंकबीच सम्झौता भएको छ।
यस समझदारीसँगै यस बैंकका ग्राहकले काठमाडौंमा रहेको अन्नपूर्ण न्युरो हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।
एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्स (Annapurna Neurological Institute & Allied Sciences) र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।
यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले काठमाडौंमा रहेको अन्नपूर्ण न्यूरो हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरि डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ ।
बैंकका ग्राहकले इन हाउस प्याथोलोजी, आउटसोर्सिङ परीक्षण, रेडियोलोजी, एम्बुलेन्स, सामान्य बेड शुल्क, आईसीयू/शल्यक्रिया शुल्क सेवामा १० प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्नेछन्।
उक्त अस्पतालसँगको यस सहकार्यले यस बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।







प्रतिक्रिया