अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुवेतमा विषाक्त मदिरा सेवनका कारण ९ जना नेपालीको मृत्यु

कुवेतमा विषाक्त मदिरा सेवनका कारण ९ जना नेपालीको मृत्यु


काठमाडौं-कुवेतमा विषाक्त मदिरा सेवनका कारण ९ जना नेपालीको मृत्यु भएको छ। विषाक्त मदिरा सेवनका कारण २३ जना मध्ये ९ जना नेपालीकाे मृत्यु भएको जनाएको हो।

विषाक्त मदिरा सेवनका कारण उनीहरूको पछिल्लो ३ दिनमा मृत्यु भएको हो। १५ जनाभन्दा धेरै नेपाली उपचाररत छन्।

गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष  विकास बहादुर सिंह (विकाससिंह ठकुरी) र सचिव सुरेन्द्र लिम्बूले अपिलपत्र जारी गर्दै नेपालीसहित एसियाली मुलुकका १६० जना मदिरा सेवनकै कारण बिरामी भएर उपचाररत रहेको जानकारी दिएका छन्। 

उनीहरूले कुवेतको सरकारी सञ्चारमाध्यमलाई उदृत गर्दै अपिल पत्रमा भनेका छन्, ‘कुवेत सरकारको ताजा जानकारीअनुसार मिथानोल मिसिएको विषाक्त मदिरा सेवनका कारण हालसम्म २३ जनाको मृत्यु भइसकेको छ र १६० जना अस्पतालमा उपचाररत छन्।’

परिषद्‌ले यसघटनामा दु:ख व्यक्त गर्दै कुवेतमा मदिरा सेवन, बिक्री र वितरण पूर्णतया निषेध गरिएको उल्लेख गरेको छ।