अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भौतिक मन्त्री दाहालद्वारा पुवा खोलाको बेलिब्रिज उद्घाटन उद्घाटन [तस्बिरहरू]

भौतिक मन्त्री दाहालद्वारा पुवा खोलाको बेलिब्रिज उद्घाटन उद्घाटन [तस्बिरहरू]


इलाम-इलाम नगरपालिका वडा-९ र ११ जोड्ने पुवा खोलामा निर्मित बेली ब्रिज औपचारिक सञ्चालनमा आएको छ। बुधवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गर्नुभएको हो।

भारतीय सरकारको सहयोगमा सो पुल उपलब्ध भएको हो। उक्त पुल सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र इलामका बासिन्दालाई झापा सम्मको आवत जावत सहज भएको छ। उक्त पुल ४८.८ मिटरको रहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो। १ करोड ४८ लाख रुपैयाँको लाखको लागतमा सागर–शुभारम्भ–एरिसा जेभीले सो पुल निर्माण गरेको हो।

यो पुल सञ्चालनमा आएसँगै पहाड र तराईको दुरी समेत छोटो भएको छ। पुल निर्माणले यातायात सञ्चालनमा सहज हुनका साथै स्थानीय कृषि उपजहरुको बजारीकरण भई स्थानीयको आर्थिक स्तर सुधारमा पनि सघाउ पुग्ने विश्वास गरिएको मन्त्रालयका सचिव केशवकुमार शर्माले बताउनुभयो।

पुल उद्घाटन समारोहमा संघीय सांसद महेश बस्नेत, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक डा. बिजयकुमार जैसी, पुल महाशाखाका प्रमुख ललिजन खनाल, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख बिनोदकुमार मौवार, ईलाम नगरपालिकाका प्रमुख केदार थापा, अन्य जनप्रतिनिधी लगायतको उपस्थिति रहेको थियो। मन्त्री दाहाल र राजदूत श्रीवास्तवले आजनै पाँचथरको हेँवा खोलामा जडान गरिएको मोडुलर ब्रीजको समेत उद्घाटन गर्ने कार्यतालिका रहेको छ।